क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ । 

मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमा पर्न सफल भएको हो 

नेपालका  क्यानडा ‘ए’ विरुद्धको यो लगातार तेस्रो जित हो ।

ह्याट्रिक जितको लागि अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।  

नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ । 

अमेरिकामा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्नेछ । जसअन्तर्गत नेपालले टी–२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सामना गर्नेछ ।

त्यसपछि नेपालले लिग–२ मा अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको  छ । उक्त सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने छ ।