अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ। काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।
काठमाडौँमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ। ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयको भनाइ छ। भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ। उद्धारका लागि ४ हजार ५१० जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ।