धनकुटाको पाख्रीबास नगरपालिका-५ गुरासे देवीथान स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ।

असोज १२ गते बिहान अरिवल वर्षातको कारण पाख्रीबास-५ का सन्तोष तामाङको घरमा माथिबाट पहिरो झर्दा किचिएर उनको ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया राम कुमारी तामाङको घटना स्थलमा नै मृत्यु भएको छ।

घटनाको जानकारी प्राप्तहुना साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक श्याम सिंह चौधरी सहितको टोली खटि उद्धारको क्रममा पुरिएको मृत अवस्थमा दुई जनाको शव फेला पारेको हो भने घाईते अवस्थामा सोही घरमा रहेकी छिमेकी २४ वर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ।

यसैगरी, छथरजोरपाटी गाउँपालिका-२ का चन्द्र बहादुर बाजिम्पाक मगरको घरमा माथीबाट पहीरो झरी घर पुरिंदा उनको २० वर्षीया छोरी सृजना बाजिम्पाक मगर घाईते भएकोमा प्रहरी चौकी जोरपाटीबजारबाट उद्धारमा खटिएको प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ।