बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ। 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर २३ जनाको  मृत्यु भएको हो। 

घिमिरेका अनुसार, तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन्। ललितपुरमा हेलिकोप्टरबाट उद्दार भैइरहेको घिमिरेले बताए। तीनवटै सुरक्षा निकायका सेना,प्रहरी र सशस्त्रको टोली उद्दारमा खटिएको छ। साथै काठमाडौँ महानगरपालिकाले समेत १७ वटा टोली उद्दारमा खटाएको  छ।