मनोहरा खोलाले ग्यास बुलेट बगाएको छ। बाढीले बगाएर ल्याएको उक्त बुलेटबाट ग्यास चुहिएको पाइएको छ।

ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीय त्रसित बनेका छन्। अहिले च्यासल क्षेत्रमा ग्यासको कडा गन्ध आइरहेको स्थानीयले बताएका छन्।

बगेको बुलेट अहिले च्यासलस्थित एमाले केन्द्रीय कार्यालय नजिकैको पुलमा अड्किएको छ। यो पुलले काठमाडौंको दोभान क्षेत्र र ललितपुरको च्यासललाई जोड्छ।

प्रहरीले ग्यास बुलेट कहाँबाट बगाएर ल्याएको खुलिनसकेको जनाएको छ।