अविरल वर्षाका कारण आजदेखि सुरु हुने भनिएको झापा एक–काठमाडौँ कप फुटसल प्रतियोगिता स्थगित भएको छ । 
डिएभी स्कुल जावलाखेल ललितपुरमा हुने भनिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको थियो। अब सो प्रतियोगिता मङ्सिर १ गते शनिवार हुने आयोजक जनाएको छ। 
झापा–१ सङ्घीय सांसद सचिवालय र नेपाली काँग्रेस झापा १–काठमाडौँ सम्पर्क समितिले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता वर्षाका कारण स्थगित गर्नु परेको आयोजक संस्था  झापा १–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले जानकारी दिए।