बेलबारी २ अवस्थित   कबिर मा.बिको प्रधानध्यापकमा अभय लिम्बू नियुक्ति भएका छन्। बेलबारी शिक्षा एन बमोजिम माध्यमिक बिधालयमा मा बि दरबन्दी भएको शिक्षक   प्रधानध्यापक हुनु पर्ने हुदा कबिर मा बि मा ९ महिना अगाडी बेलबारी-४ मा अवस्थित कसेनी मा.बि बाट सरुवा भइ कबिर मा.बिमा लिम्बु हाजिर भएका थिए।  आज विधालयका ब्यवाथापन समितिको छलफलबाट लिम्बुलाई प्रधानध्यापकमा नियुक्त गरेको हो। लिम्बु कबिर मा.बिमा एक मात्र मा.बि दरबन्दी शिक्षक थिए। यस अघि प्रधानध्यापक प्रेम कार्कीको अवकास पछि इन्द्र थापा प्रधानध्यापकमा नियुक्ति भएका थिए भने थापाले ५ महिना पछि प्रधानध्यापकबाट राजिनामा दिएका थिए।त्यस पछि निमित्त प्रधानध्यापकका लागि छत्र पति दाहाल नियुक्ति भएका थिए भने हिजो असोज १० गते दाहालले राजिनामा दिएका थिए। खालि रहेको  प्रधानध्यापक पद आज लिम्बुलाई बिधालय व्यवस्थापन समितिले नियुक्ति गराएको छ।