पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेसनले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पुर्याएको बताएकी छन्। २५ औँ मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै उनले मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखी लगातार अहिलेसम्म महत्वपूर्ण क्षेत्र शिक्षामा बढि योगदान पुर्याएको बताएकी हुन्।

उनले भनिन्, ‘मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखि सक्रिय रुपमा चलिरहेको छ। यसले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पुर्याएको छ। राष्ट्रिय जिवनका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरु गरिरहेको छ। महत्वपूर्ण क्षेत्र शिक्षा, स्वास्थ्यमा बढि योगदान पुर्याएको छ। कला साहित्यको सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ।’

साथै उनले मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय भावना, सामाजिक सद्भाव, एकता, सहिष्णुता अभिवृद्धि गरेर राष्ट्रिय एकतालाई मजबुत बनाएको बताइन्। उनले थोरै स्रोत साधनमा पनि यस्तो काम गर्नु एउटा संर्घषशिल भएको बताइन्।