जलवायु परिवर्तन र त्यसबाट परेको असरको न्याय माग गर्दै ललितपुरको जावलाखेल ‘जलवायु जन मार्च २०८१’ गरिएको छ।  
विभिन्न जलवायु सम्बद्ध २४ सङ्घसंस्थाले आज ‘ग्लोबल विक अफ एक्सन’को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘जलवायु जनमार्च २०२४’ जलवायु जनमार्च गरेका हुन्। 
ग्लोबल नर्थका देशहरूलाई जलवायु वित्तका लागि भुक्तानी गर्न आह्वान जनमार्च गरिएको हो। 
र्‍याली जावलाखेल चोक, दमकल चोक, ललितपुर महानगर कार्यालय परिसर हुँदै पाटन दरबार क्षेत्रमा पुगेको थियो। 
विश्वभरका औद्योगिक राष्ट्रलाई जलवायु वित्त भुक्तानीका लागि दबाब दिन जनस्तरबाट मार्च गर्न लागिएको आयोजकहरूले बताएका छन्। आगामी मङ्सिरमा अजरबैजानमा हुने संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलनमा जलवायु वित्तको मुद्दामा ठोस् निर्णय हुने अपेक्षा गरिएको आयोजकहरूको विश्वास छ।