पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको अन्तिम संस्कार आज गरिने भएको छ। ४५ वर्षीय राईको बुधबार बिहान हृदयघातका कारण निधन भएको थियो।

गत एक हप्ता अघि मात्र उनले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए। स्वास्थ्यमा समस्या भएपछि बुधबार बिहान धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो ।तर, उपचारका क्रममा उनको निधन भएको थियो।

उनको अन्तिम संस्कार शनिबार मध्याह्न १ बजे हुने पारिवारिक स्रोतले जनाएको छ। त्यसअघि पथरी बजारस्थित उनको निवासमा अन्तिम श्रदाञ्जली अर्पन गरिने बताइएको छ।