साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ। चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउँदै  नेपाली टिमले काठमाडौँमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे।
टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने उनको भनाई छ। सन् २०२२ को साफ यु १७ मा उप विजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उनको भनाई छ।  
नेपालको समूहमा घरेलु टोली भुटानसँगै पाकिस्तान र श्रीलङ्का पनि रहेका छन्। यसअघि शुक्रवार भएको उद्घाटन खेलमा भारतले बङ्गलादेशमाथि १९० गोलको जीत दर्ता गरेको थियो। दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जीत पक्का गरेको थियो।