चीनको सांघाइ सहर क्षेत्रमा आएको तीव्र गतिको आँधीसँगै आएको वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ।
बिहीबार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको सीसीटिभीप्लसले जनाएको छ। तर ठुलो क्षतिका घटनाहरु भएका छैनन् भने आँधीको बेग कम हुँदै गएको छ। 
पुलासन नाम दिएको आँधी ८३ किलोमिटर प्रतिघण्टाको वेगमा अवतरण गरेको थियो। जसका कारण सांघाइ र जियाङ्सुका धेरै क्षेत्रहरू खाली गराइएको छ। पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि चीनमा दोस्रो आँधी आएको हो।
केही दिनअघि बेबिनकाले आँधीले विध्वंश मच्चाए लगत्तै दोस्रो आँधी आएको हो। सन् १९४९ यस्तै किसिमको शक्तिशाली आँधी आएको एजेन्सीहरुले जनाएका छन्।