सुनसरीको गढीमा टेम्पोको ठक्करबाट बालकको मृत्यु भएको छ।
को २ ह १८३७ नम्बरको टेम्पोले गढी गाउँपालिका–२ भमरी चोकमा बालकलाई सोमबार साँझ ६ः४० बजेतिर ठक्कर दिएको थियो।
इनरुवा–दुहबी भित्री सडकखण्ड हुँदै इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको टेम्पोले ठक्कर दिँदा प्रमोद साह हलुवाईका छोरा ४ वर्षीय प्रमन साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका बालकको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटना भएपछि प्रहरीले टेम्पो र चालक दुहबी नगरपालिका–१० का ४० वर्षीय रामकुमार हरिजनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।