‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ। संस्थामा आवद्ध युवाहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन्।
डा. कमल भुसाल (निकोलस) को समूहले शनिवार माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौँता रकम असुल गर भन्दै युवा विद्रोह बृहत आन्दोलन गरेको हो।
आन्दोलनका क्रममा डा.भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरुको संरक्षण गर्न बन्द गर, गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत सम्पूर्ण फाइलको छानविन गरलगायत लेखिएका प्लेकार्ड लिएर आन्दोलन गरेका हुन्।
डा. भुसालले भ्रष्टाचार गरे देश बंगलादेशजस्तै हुने बताए। उनले भने, ‘हाम्रो कुरा संसदमा पनि उठेको छ। धेरैजना तर्सिएको अवस्था छ। त्यहीँ भएर भ्रष्टाचारीहरुको संरक्षण बन्द चाँडै हुने आशा छ।’
साथै भुसालले आइतबार देखि आफ्नो आन्दोलन झन चर्किने बताए। उनले पूर्व पश्चिम नेपाल यात्रामा निस्केर भ्रष्टाचार र युवाहरु देशमै बस्ने वातावरण सिर्जना गर्नका लगि आफ्नो समूह पछि नहट्ने बताए।
भुसाल समुहले संसद् भवन खाली गर, भ्रष्टाचारी सरकार मूदार्वाद जस्ता नारावाजी समेत गरेका थिए।