पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जापानमा हुने वादोरियो कराँते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । उनीहरूलाई मङ्गलवार अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रमबिच बिदाइ गरेका हुन् । 
अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने ‘नवौँ वादोरियो कराँते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४’ मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनसहित ६ सदस्यीय टोली सहभागी हुँदैछन् ।
खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरे । बिदाइ कार्यक्रममा नेपाल वादोरियो कराँते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराँते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बीआरलगायत सहभागी थिए ।