कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ। 

बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ। प्याज सुकेको ९७ रुपैयाँ ५० पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ। 

स्थानीय काउली ७६ रुपैयाँ, बन्दा लोकल ७७ रुपैयाँ, लौका ४६ रुपैयाँ, भिण्डी ५६ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ८६ रुपैयाँ ६७ प्रति केजी तोकिएको छ।