संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दैछ।
बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ।
बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।