संखुवासभास्थित अरुण नदीमा पानीको बहाव बढेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको जनाएको छ।
डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेकाले नदी आसपासका बासिन्दाहरूलाई थप सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।