साहित्यकार नवीन प्रधानद्धारा रचित सादृश्य विम्ब कथासंग्रह र लेखान्त नाटक दुई कृति लोकार्पण गरिएको छ।
आज (शनिबार) नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले सो पुस्तक विमोचन गरेका हुन्।
पुस्तक विमोचन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जीवन सबै भन्दा व्यस्त हुने बताए।
उनले भने,‘पेसागत व्यस्थताका साथसाथै गरेका अनुभवका कुराहरुलाई कृतिमार्फत प्रस्तुत गर्न निकै गाह्रो हुन्छ, समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्दै आम नागरीकमा प्रहरी सेवा जस्तो अति नै व्यस्त कार्यशैलीमा रहँदारहँदै पनि साहित्य एवम कलाकृति लेखनमा समेत योगदान दिएर समय निकाल्न सफल भएकोमा आजका श्रष्ठाको महत्वपूर्ण भूमिका छ।’
साथै, उनले साहित्य लेखन एउटा आफैंमा कठिन विषय भएको बताए। उनले साहित्य पुस्तक लेख्दा ज्ञान, क्षमताका साथै धैर्यताको पनि उत्तिकै आवश्यकता हुने बताए।