सरकारले यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ।
उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।