मोरङको मिक्लाजुङ गाउँपालिका-१ झण्डे डाँडास्थित रमिते टांडीको भित्री सडक खण्डमा शनिबार दिउँसो ३ः१० बजे मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रमितेबाट उर्लाबारी तर्फ आउँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बेलबारी नगरपालिका १ का ३७ वर्षिय सुनिल कुमार धिमाल, उनकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षिय छोरी सुस्मिना धिमाल घाईते भएका थिए।
घाईते उनीहरुलाई अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा सुस्मिनाको मृत्यु भएको छ।
प्रहरीकाअनुसार सुस्मिनाको दाहिने हातको कोखमा गम्भिर चोट लागेकोले उनको उपचारको क्रममा शनिबार दिउँसो ३ः४५ बजे निधन भएको हो। यता, घाइते बुबाआमा दुबैको अरनिको अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ। उनीहरु दुबैको अवस्था मध्यम रहेको छ।
मोटरसाईकल अनियन्त्रीत भई बाटोभन्दा अन्दाजी ६०/७० मिटर तल झरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताएका छन्।