हेपाटाइटिसका पाँच प्रकार छन्। हामीले सामान्यत जन्डिसलाई हेपाटाइटिस भन्ने गर्छौं। यसमा पनि क्रोनिक र अक्यूड दुई प्रकारका छन्। दिर्घकालीन र छोटो अवधीका लागि दुई प्रकारका हेपाटाइटिस मानिसहरुलाई हुने गर्छ। भाइरल हेपाटाइटिस‘ए’ र ‘इ’हाम्रो समाजमा बढी देखिने गर्छ। तर विश्वभरको परिप्रेक्ष्यमा भाइरल हेपटाइटिस ‘बि’र ‘सि’ को बारेमा बढी छलफल भएको देखिन्छ र जोखिम पनि बढी हुने गर्छ। अहिलेको अवस्थामा संसारभरमा करिब ३० करोड मान्छेहरुलाई हेपटाइटिस ‘बि’ र ‘सि’ ले संक्रमण गरेको छ भन्ने तथ्यांक छ। २०२२ सम्ममा सबै भाइरल हेपटाइटिस ‘बि’ले मात्र २५ करोड जति मानिसलाई संक्रमण गरेको भन्ने तथ्यांक छ।
त्यसमध्ये हेपटाइटिस ‘बि’ र ‘सि’ को संक्रमण पश्चिमी राष्ट्रभन्दा नेपालमा अलि कम नै छ। तर जति पनि छ त्यो अलि बढि संवेदनशील नै छ। किनभने हेपटाइटिस ‘बि’को दिर्घकालिन असरहरु हुन्छ। यसको प्रभाव पनि बढी नै हुन्छ। यसबाट कलेजोको क्यान्सर पनि हुनसक्छ। त्यसकारण हेपटाइटिस ‘बि’ र ‘सि’एकदमै संवेदनशिल भएको हुनाले नेपालमा जति संख्यामा छ तिनीहरुको अवस्थालाई ध्यानमा राखेर हेपटाइटिस ‘बि’ र ‘सि’लाई पनि कमजोर ठान्नु हुँदैन्।
हेपटाइटिस ‘बि’बच्चैमा लागेको छ भने करिब ९५ प्रतिशत जति जनसंख्यामा पछि गएर क्रोनिक् हेपटाइटिस हुने सम्भावना छ। बच्चाबेला लागेको हेपटाइटिस ‘बि’ एकदमै संवेदनशिल हुन्छ। यो पछि क्रोनिक हुने संभावना हुन्छ। बच्चा बेलामा हुने बेलाको हेपाटाइटिसलाई जसरी भएपनि नियन्त्रण गर्ने प्रयासमा लाग्नुपर्छ। हेपटाइटिस ‘बि’ को भ्याक्सिन छ। समयमा नै भ्याक्सिन दिनसक्यौ भने हेपटाइटिस‘बि’बाट पूर्ण रुपमा मुक्ति पाउन सकिन्छ। त्यसकारण यो अति नै आवश्यक छ।
हेपटाइटिस ‘बि’ र ‘सि’बीच तुलना गर्नुपर्दा हेपटाइटिस ‘बि’को औषधिहरु पाइन्छ तर ‘सि’को सुई पाइँदैन्। तर उपचार संभव छ। तथापी, पूर्ण रुपमा निर्मूल नहुन सक्छ। उपचार हुन्छ तर त्यसको पूर्ण नियन्त्रणमा नआउन सक्छ। यसको औषधि भएपनि एकदमै महंगो हुन्छ। औषधि भएर मात्र के गर्ने जनताले त्यसलाई किनेर खान नसकेपछि ज्यान जोखिममा पर्नसक्छ। त्यसकारण सरकारले यसको लागि केही व्यवस्था गर्ने हो भने जनतालाई राहत हुन्छ।
नेपालीहरु हेपटाइटिस भएपछि जडिबुटीको प्रयोग गर्ने गर्छन्। जन्डिस भनेर सामान्य मानेर आवुर्वेदिक औषधिको भर पर्छन्। आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममा पुग्न सकिन्छ। यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना हो। जनचेतना फैलाउनैपर्छ। हेपटाइटिस जडिबुटि खाएर मात्र निको हुँदैन्। जडिवुटी सेवन गर्नेबितिकै जन्डिस निको हुने होइन्। यसका लागि रगत जाँच गरेर वास्तविकता पत्ता लगाउनुपर्छ।
हेपाटाइसिसका लागि सरकारले राष्ट्रिय नीति बनेको सुन्नमा आएको छ तर यसमा प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर मात्र नीति तयार गर्नुपर्छ। सबैखाले हेपाटाइसिसलाई सम्बोधन गर्नेगरी नीति बनाउनु जरुरी छ। हिजोआज दुब्र्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सि’को जोखिम बढ्दो छ। टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात मुन्द्री लगाउने चलनले पनि ‘बि’ र ‘सि’को जोखिम बढ्दो छ। यसको उपचार पनि खर्चिलो हुन्छ। भाइरसको संख्या बढी देखियो भने खर्च थप बढ्ने र औषधि पनि महंगो हुने भएकाले सबैले उपचार गर्न नसक्ने अवस्था आउन सक्छ। यसका लागि सरकारले सहुलियतको व्यवस्था गर्नुपर्छ। जे भएपनि हेपाटाइसिसका लागि खानपान मिलाएर मात्र खानुपर्छ। फ्याटी लिभर र रक्सीका कारण हुने लिभरको अन्तिम रुप सिरोसिस हुने भएकाले यसको उपचार एकदमै छिटो गर्नुपर्छ। हेपाटाइसिस भन्दैमा सामान्य रुपले हेर्दा विस्तारै जोखिम बढ्नसक्छ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले हेपटाइटिस लाग्न नदिनको लागि शारीरिक अभ्यासहरु पनि गर्नुपर्छ। यो नै बढि प्रभावकारी हुनसक्छ। दैनिक बानी व्यहोरामा परिवर्तन गर्नुपर्छ। साबुनपानीले हात धुने, उमालेर मात्र पानी पिउने, खानपानमा ध्यान दिने साथै शारीरिक अभ्यास गर्नेलगायतका कामहरु गर्नुपर्छ।