इलाम घर भई हाल झापा दमक नगरपालिका वडा नं.-३ धिमाल टोल बस्ने १९ बर्षीय मौषम राईको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो २ बजे नजिकै रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते राईको दमक आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।