विराटनगर, असार २७ गते।

झापा र मोरङबाट लागुऔषध सहित जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो राती साढे ९ बजे झापाको दमक नगरपालिका-१ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका-१ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ वर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै, हिजो दिउसो साँढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ बाट देश भारत बिहारका २२ वर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने हिजोनै दिनको साँढे ३ बजे मोरङको विराटनगर-१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ वर्षीय अमृत बिश्वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको छ।