झापा गाउँपालिका-२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा गाउँपालिका-२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन।

हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाईते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ।