अविरल वर्षाका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्।
विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको हवाई सेवा प्रभावित भएको हो।
आन्तरिक तर्फको उडान बिहान ७ बजेदेखि नै डिले भइरहेका छन्। अन्तराष्ट्रियतर्फका उडान र अवतरण भने भइरहेका छन्।
काठमाडौँ उपत्यका लगायत देशभर वर्षा भइरहेको छ।