उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन्।

‘हल्ला मात्रै हो। त्यस्तो थाहा छैन। म पनि सरकारमै छु। गठबन्धनको एउटा पार्टनर नै हुँ। त्यस्तो केही पनि छैन,’ उनले भने, ‘मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो। कहिलेकाहीँ केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ। सामान्य भेटघाट नै हो। यसलाई त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन।’