खोटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

शम्भुले बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।