नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन भएको हो।
विगत चार दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भट्टले फारवेस्ट टाइम्स दैनिकमा सम्पादकको रूपमा काम गरेका थिए। राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य रहेर समेत काम गरेका भट्टको निधनले नेपाली पत्रकारिता जगत्ले एक योग्य र अनुभवी पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ।