माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो। तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो। त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो।
गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो। जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो।