सिंहदेवी एकेडेमीमा कक्षा ११ मा भर्ना खुल्यो
बेलबारी  मोरङको बेलबारी नगरपालिका ८ स्थित सिंहदेवी एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना आह्वान गरेको छ । गत वर्षको एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गर्दै एकेडेमीले विज्ञान, व्यवस्थापन तथा कानून सङ्कायमा कक्षा ११ मा भर्ना खुलाएको एकेडेमीका सञ्चालक रबिन थापा बताउँछन् । उनका अनुसार व्यवस्थापन सङ्कायमा होटल म्यानेजमेन्ट, बिजनेस स्टडिज र कम्प्युटर साइन्स विषयमध्ये कुनै एक विषय ऐच्छिक रूपमा अध्ययन गर्ने अवसर विद्यार्थीले सिंहदेवी एकेडेमीमा पाउनेछन् ।
सिंहदेवी एकेडेमीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले दक्ष तथा अनुभवी शिक्षकहरूको समूह परिचालन गरी पठनपाठनलाई प्रभावकारी ढङ्गले सञ्चालन गरेको छ । यहाँका शिक्षकहरू लामो समयदेखि अध्यापनकर्ममै अभ्यस्त रहेका कारण विद्यार्थीले उनीहरूबाट मैत्रीपूर्ण व्यवहारका साथै मार्गदर्शन र सैद्धान्तिक प्रश्नको प्रभावकारी समाधान पाउँछन् ।
विद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटन गर्नका लागि एकाडेमीले उनीहरूलाई विभिन्न अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउँदै आएको छ ।
फुटबल, भलिबल, कबड्डी, तेक्वान्दो, क्रिकेट, फुटसल, ब्याड्मिन्टन, टेनिसजस्ता विभिन्न खेलकुद गतिविधिको अभ्यास गर्ने तथा त्यस्ता खेलका प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमा सहभागी हुने वातावरण सिंहदेवी एकाडेमीले विद्यार्थीलाई दिँदै आएको छ ।
सिंहदेवी एकाडेमीमा विद्यार्थीले प्रोजेक्टरजस्ता अत्याधुनिक प्रविधिबाट अन्तरक्रियात्मक ढङ्गले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान आर्जन गर्ने अवसरि पाउँछन् । यसका साथै, कम्प्युटर ल्याब, किचन ल्याब, पुस्तकालयजस्ता सुविधाको उपलब्धताले उनीहरूको सिकाइ प्रक्रियामा गुणात्मक प्रतिफल दिलाउँछ ।
विद्यार्थीलाई समाजका विविध पक्षसँग साक्षात्कार गराउने र विविधतायुक्त भौगोलिक तथा सांस्कृतिक वातावरणबारे जानकारी प्रदान गर्ने उद्देश्यले एकेडेमीले विद्यार्थीलाई सामूहिक रूपमा शैक्षिक भ्रमणमा सहभागी हुने अवसरसमेत सिंहदेवी एकेडेमीले उपलब्ध गराइरहेको छ ।
कमजोर आर्थिक पृष्ठभूमिका मेधावी विद्यार्थीलाई कलेजले विभिन्न छात्रवृत्ति प्रदान गरी उनीहरूको शैक्षिक महत्वाकांक्षा पूरा गर्ने यात्रामा सारथीको भूमिकासमेत निर्वाह गरिरहेको छ । कलेजले भर्नाका लागि लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गर्दछ । यसैगरी, कक्षामा प्राप्त गर्ने नतिजाका आधारमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने तथा गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था विद्यालयले मिलाएको छ । पैसाको अभावका कारण शिक्षाबाट विद्यार्थी बञ्चित हुनुपर्ने अवस्थामा परिवर्तन गर्न छात्रवृत्ति उपलब्ध गराइरहेको एकेडेमी प्रशासनको भनाइ छ । उत्कृष्ट खेल प्र्रदर्शन गर्ने विद्यार्थीलाई एकेडेमीले खेल छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।
विद्यार्थीको आवागमनलाई सहज बनाउन एकेडेमीले बस सञ्चालन गरी विद्यार्थीलाई कलेजसम्म ल्याउने र घर पुर्याउने प्रबन्ध गरिदिएको छ ।
सुलभ शुल्कमा गुणस्तरीय र नतिजामुखी शिक्षा दिई आफ्ना बालबालिकालाई विश्वबजारमा सक्षम र प्रतिस्पर्धी जनशक्तिका रूपमा स्थापित गर्नका लागि निश्चिन्त भएर उनीहरूलाई सिंहदेवी एकेडेमीमा भर्ना गर्न एकेडेमी प्रशासनले अभिभावकवर्गमा अपिल गरेको छ ।