गुल्मीमा पहिरोले पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको छ।
मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार गतरातिको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको जानकारी दिए।