भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन्। 

विशेष गरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने स्ट्रबेरीका लागि पहाडी जिल्ला भोजपुर उपयुक्त हुने जानकारहरू बताउँछन्। हाल यहाँ प्रति के.जी पाँच सय रुपैयाँका दरमा स्ट्रबेरी बिक्री हुने गरेको छ।