गण्डकी प्रदेशमा करोडौं खर्चेर बनाइएका चार विमानस्थल प्रयोगविहीन बनेका छन्।
मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन्। लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्नेरनचल्ने कुनै टुङ्गो छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा दश करोड, पालुङटारमा सात करोड, बलेवामा १२ करोड र ढोरपाटन विमास्थलमा दुई करोड रुपैयाँ खर्च भएको छ।