भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत खसेको छ। आज बिहान परेको भीषण वर्षाका कारण भवनको छाना खसेको हो।
छत भत्किँदा ६ जना घाइते भएका छन्। भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो।
जसमा केही मानिस पुरिएका थिए। घरको छानाबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन्।
घटनाका कारण टर्मिनल १ बाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र चेक इन काउन्टरहरू बन्द गरिएको छ।