विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान बन्द भएको छ।

विराटनगर विमानस्थलमा बस्तीबाट ओभरफ्लो भएर बाढी पसेपछि उडान अवरुद्ध भएको हो।

बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ भने हेलिप्याडसमेत बाढीको पानी पसेर डुबानमा परेको छ। 

तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म भने बाढी नपसेको कार्यालयले जनाएको छ।

विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ।

दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन। विमानस्थलमा पसेको बाढी घटेर सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने छ।