इलामको फाकफोकथुम गाउँपालिका-६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय कुल बहादुर विश्वकर्मा रहेका छन्।
मंगलबार बिहान ९ बजे पानी परिरहेको बेला छाता ओडी घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थमा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।