कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह पीआईटीबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
मोरङ जिल्ला अदालतको मिति २०७८।०९।०८ गते लागुऔषध मुद्धामा सजाय निर्धारण फैसला आदेशले २ बर्ष कैद र नगद १ लाख रुपैँया जरिवाना बेरुजु रही फरार रहेका सुन्दरहरैचा नगरपालिका-८ सलकपुरका ४४ बर्षीय जिवन कुमार क्षेत्रीलाई खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागर मोरङमा पठाइएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।