दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधबार नेपाल प्रहरीले सामूहिक योग कार्यक्रम आयोजना गरेको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतञ्जलि योग समितिसँगको सहकार्यमा प्रहरी एक दिवसीय योग विज्ञान शिविर, २०८१ प्रहरी प्रधान कार्यालयमा आयोजना गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए।
गृहमन्त्री लामिछानेले स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गरे।गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताए।
संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउँददै कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम
गरेमा समाज परिवर्तन हुने विचार राखे।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपुर्ण हुने उल्लेख गरे।