ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ। मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवाको रोपिँदै छन्।
अभियानका क्रममा गुराँस प्रजाति, धूपी, चिमल, रौट साल्हा, चापलगायत बिरुवा रोपिने समितिले जनाएको छ। जिल्लास्थित सामुदायिक वनका नर्सरी र वन कार्यालयअन्तर्गतका नर्सरीबाट बिरुवा खरिद गरेर पाथीभरा क्षेत्रमा वृक्षरोपणको अभियान थालेको केलबार निर्माण खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताए। उनले भने, “आज सेवा पूजासहित बृहत् वृक्षरोपण गर्ने अभियान सुरु गर्यौँ। अभियान असार १५ गतेसम्म जारी रहने छ।”
पाथीभरा केबलकार निर्माणका लागि गत वैशाख अन्तिम साता रुख काटेको थियो। राष्ट्रिय फूल गुराँसका बोट काटिएकामा समितिले विरोध गरेको छ। वन फँडनी भएको क्षेत्रमा विरुवा रोपिने संयोजक फेम्बूले बताए। पाथीभरा क्षेत्रमा चार वर्ष डढेलो लाग्दा धेरै बोटबिरुवा नासिएका थिए।