बारा प्रहरीले नक्कली नेपाली नोट बनाउने गिरोहका भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। 

बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

डीएसपीका अनुसार पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका-६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ भने ना ३४ प ३५१२ र बी.आर.०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल र एक वटा साइकल समेत बरामद पनि गरेको छ।