भारतको राजस्थानमा मंगलबार गर्मीका कारण १६ जनाको मृत्यु भएको छ। राज्यमा गर्मीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
मंगलबार राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, दिल्लीलगायत १२ राज्यका ७८ स्थानमा ४५ डिग्री वा सोभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो। सोमबार देशका १० राज्यका ७५ स्थानको तापक्रम ४५ डिग्री वा सोभन्दा बढी थियो। हिजो प्रयागराजको तापक्रम ४८.२ डिग्री थियो। ३० वर्षअघि सन् १९९४ मा यहाँ ४८.४ डिग्री तापक्रम रेकर्ड गरिएको थियो।
भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिईएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरु तोडिरहेको छ।