बेलबारी : आज इस्वी सम्वतअनुसार मे १ तारिख अर्थात् विश्व मजदुर दिवस। विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी संयुक्त राज्य अमेरिकाका श्रमिकहरूले १९ औँ शताब्दीमा गरेको आन्दोलनको सम्झनामा मनाउन थालिएको यो दिवसले आज एक सय ३५ औँ वर्ष पार गरेको छ।

_112048718_pt_dullu-giiti-1सन् १८८६ मे १ तारिखका दिन आन्दोलनस्वरूप हड्ताल सुरु गरिएकाले सोही मितिको सम्झनामा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने प्रचलन छ।

SherbahadurSingh_Kanchanpur_RSS_19_IMG_1254 1यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व मजदुर दिवसकै अवसरमा श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ। यस योजनाबाट नेपाल र विदेशमा रहेका नेपाली श्रमिकको समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने व्यवस्था गरिएको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए।

उनका अनुसार मन्त्रालयले अहिले सञ्चालन गरेको कल सेन्टरको काम सीमित भएकाले वृहत रुपमा श्रमिकका जिज्ञासा, सुझाव र गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो।