ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलको जंगलमा लागेको डढेको निभाउने क्रममा जलेर गम्भीर घाइते भएका २ जनाको ज्यान गएको छ।

दुवैजना स्थानीयबासीको उपचारका क्रममा मंगलबार र बुधबार निधन भएको हो।

बडिखेलस्थित तपेश्वर मन्दिरनजिकै मंगलबार लागेको डढेलो निभाउने क्रममा घाइते भएका स्थानीयबासी शंकर पहरी र रमेश पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो।

उपचारका क्रममा शंकर पहरीको मंगलबार नै निधन भएको थियो भने रमेश पहरीको वुधबार बिहान निधन भएको छ।

यसैगरी डढेलो निभाउने क्रममा घाइते भएका गौरव पहरीलगायतको गोदावरीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ।