सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।

हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ। दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए।

मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेसियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर एक स्टेडियममा ठोक्किएर दुर्घटना भएको थियो।

“सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ”, विज्ञप्तिमा भनिएको छ, “पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ।”