भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालयबाट केही मिटर दूरीस्थित एक कच्ची घरमा भीषण आगलागी हुँदा जलेर नष्ट भएको हो।

प्रत्यक्ष दर्शीहरूका अनुसार भोजपुर नगरपालिका-८ निवासी भरत कार्कीको कच्ची घरमा आगो लागेको थियो।

जिल्ला प्रहरी कार्यालय मुनितर्फ पोखरे बजार जाने बाटोमा अवस्थित कार्कीको कच्ची घर आगोले जलेर पूरै नष्ट भएको छ।

आगो नियन्त्रणको कोसिस भए पनि घर पूरै जलेको छ। तर क्षतिको विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा अन्य घरमा क्षति नपुगेको प्रहरीको भनाइ छ।