ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ) मा चैते दशैंको छेक पारेर पूजापाठका लागि पुग्ने भक्तजनको घुँइचो लागेको छ । गत शनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका थिए ।

चैतेदसैँको बेलामा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढ्दो क्रममा रहेको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । त्यसमा पनि नवरात्री (नौराथा) को अवसरमा भक्तजन अधिक जाने प्रचलत रहेको छ ।