तेह्रथुमको लालीगुराँस नगरपालिका-५ दागपा स्थितमा मोवायल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ।

शनिबार राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाईते भएका बालकको उपचारको लागि ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।