बेलबारी :मोरङको बेलबारी नगरपालिका ६ स्थित सोमबारे बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।जीवन विकास लघुवित्त वित्तीय संस्था  बेलबारी  वडा न ७  बाहुनी शाखाले  आफ्नो आन्तरिक स्वयंसेवक दिवसका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको संस्थाका बाहुनी शाखा प्रमुख रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

WhatsApp Image 2024-04-19 at 14.06.14

उनका अनुसार बेलबारी ५ स्थित महेन्द्र थ्री जिरो क्लब, बेलबारी ६ स्थित सोमबारे जितपुर टोल विकास समिति र बेलबारी नगरपालिकाको ६ नम्बर वडा कार्यालयको सहयोगमा संस्थाले कार्यक्रम सम्पन्न गरेको हो । सरसफाइ कार्यक्रममा स्थानीय बुद्धिजीवी, प्रहरी अधिकारी तथा विद्यार्थी गरी ६० जनाको सहभागिता रहेको बताउँदैे शाखा प्रमुख श्रेष्ठले सहभागीहरूलाई स्वास्थ्य सुरक्षाका लागि मास्क र पञ्जा वितरण गरिएको उल्लेख गरे । यसैबीच, सोही कार्यक्रमका अवसरमा सोमबारे जितपुर टोल विकास समितिका उपाध्यक्ष धर्मराज पाण्डेलाई जीवन विकास लघुवित्तका रामचौक शाखा प्रमुख हेमनारायण राजवंशी र बेलबारी ६ का वडाध्यक्ष टेकबहादुर राईले पाँच ओटा डस्टबिन समेत हस्तान्तरण गरेका थिए । WhatsApp Image 2024-04-19 at 14.06.14 (1)

WhatsApp Image 2024-04-19 at 14.06.13 (1)

WhatsApp Image 2024-04-19 at 14.06.15