नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन्।

गृहमन्त्रालयको बढुवा समितिको हिजो बसेको बैठकले जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो।

उमेर हदका कारण एआइजी सन्दीप भण्डारी र मीरा चौधरी यसै साता अवकास हुन लागेकाले सो स्थानमा जोशी र ढकाललाई सिफारिस गरिएको हो।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्। त्यस्तै ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

बढुवा सिफारिसमा परेका जोशीले ७३.८३६८ अंक प्राप्त गरेका थिए भने ढकालको ७३.६३०६ अंक छ।